दशरथ चन्द विश्वविद्यालयका सिट कटौती नगर्न विद्यार्थी संगठनको माग
nepalpress.com · Wed Nov 25 13:44:24 UTC 2026

कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि निर्धारण गरिएका ९० सिट कटौती नगर्न र विश्वविद्यालयका पदाधिकारीको नियुक्तिसम्बन्धी व्यवस्था परिवर्तन गर्ने गरी अध्यादेशमार्फत ऐन संशोधन गर्ने प्रक्रिया रोक्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन्।
अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको उपलब्धि र सुदूरपश्चिमवासीको दशकौँदेखिको सपनामाथि खेलवाड नगर्न आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)