बनेपामा ‘फिल्म सिटी’ निर्माणबारे पुनः अध्ययन गर्न सञ्चारमन्त्रीको निर्देशन
kendrabindu.com · Wed Nov 25 13:52:19 UTC 2026

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’को डिजाइन र निर्माणस्थलबारे पुनः अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्देशन दिएका छन्।
मन्त्री तिमिल्सिनाले बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित स्टुडियो निर्माणस्थलको निरीक्षण गर्दै भौगोलिक तथा प्राविधिक अवस्था, वातावरणीय प्रभाव र स्थानीय सरोकारबारे जानकारी लिएका हुन्। राष्ट्रिय महत्त्वको परियोजना थप ढिलाइ नगरी अघि बढाउनुपर्ने बताउँदै उनले स्थानीय बासिन्दाको भावना र वातावरणीय पक्षलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)