मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगार : न्यायमा पहुँचका लागि कानुनमा सुधारको आवश्यकता

gorkhapatraonline.com · Wed Nov 25 13:51:04 UTC 2026

वैदेशिक रोजगारमा गएकाहरुको न्यायमा पहुँचका लागि वर्तमान कानूनमा सुधारको आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिनुभएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार पिपुल फोरमले आई.ओम.एम. नेपालको सहयोगमा जिल्ला स्तरीय सरोकारवालाहरुका लागि वैदेशिक रोजगारको न्यायमा पहुँचसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी वक्ताहरुले यस प्रकारको जोड दिनुभएको हो । वक्ताहरुले वैदेशिक रोजगारीमा गएकाहरुले पठाएका रेमिटान्सको कारण देशको अर्थतन्त्रमा ठुलो मद्दत पुगेको भएपनि वैदेशिक रोजगारीमा गएकाहरुको सुरक्षाका सवालमा वर्तमान कानुन प्रभावकारी नदेखिएकोले कानुनको संशोधन हुनुपर्ने माग गरेका थिए । कार्यक्रममा अधिवक्ता सोम लुइटेलले कामदारको न्यायमा पहुँचको अवस्था सन्दर्भमा आफनो प्रस्तुती गर्दै वैदेशिक रोजगारीमा गएकाहरुको न्यायमा पहुँचका लागि पिडितलाई न्याय उचित क्षतिपुर्तिको व्यवस्थाको साथसाथै पिडितले स्थानीय स्तरबाटै न्याय पाउने किसिमको व्यवस्था कानुनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)