पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश
ratopati.com · Wed Nov 25 13:52:14 UTC 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि बुधबार सुनुवाइ भएको छ । न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले सुनुवाइपछि विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूचीका आधारमा अघि बढाइने प्रक्रिया रोक्न माग गर्दै निवेदकहरूले अन्तरिम आदेशको माग गरेका छन् । उक्त मागबारे दुवै पक्षबीच छलफल गर्न सर्वोच्चले मंसिर १४ गतेका लागि पेसी तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)