मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढ्यो, ६ खर्ब ६८ अर्ब नाघ्यो व्यापार घाटा

bishowkhabar.com · Wed Nov 25 14:36:49 UTC 2026

काठमाडाैं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) को वैदेशिक व्यापार सम्बन्धी तथ्यांक अनुसार नेपालको कुल वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटा सबै सूचकमा उल्लेख्य वृद्धि भएको छ ।

समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)