बाल संवेदनशील पत्रकारितामा जोड, १३ सदस्यीय बालमैत्री पत्रकार समूह गठन
nagariknews.nagariknetwork.com · Wed Nov 25 14:50:05 UTC 2026

पत्रकारितामार्फत् बालबालिकाको विषय उठान गर्दा उनीहरूको सर्वोत्तम हितलाई सधैं माथि राख्नुपर्नेमा जोड दिइएको छ। ललितपुरको गोदावरीमा मंसिर ८ र ९ गते सञ्चालन भएको ‘बाल संवेदनशील पत्रकारिता’ विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी तथा वक्ताले उक्त जोड दिएका हुन्।
बाल अधिकारको संरक्षण र संवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई केन्द्रमा राखेर छलफल तथा अभिमुखीकरण गरिएको थियो। वक्ताहरूले जोखिममा रहेका बालबालिकालाई थप मनोवैज्ञानिक आघातबाट जोगाउन पत्रकारको भूमिका रहने भएकाले पत्रकार र सञ्चारमाध्यम थप संवेदनशील हुनुपर्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)