मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुडानमा ड्रोन आक्रमण : बालबालिकासहित १४ जनाको मृत्यु

reportersnepal.com · Wed Nov 25 14:39:08 UTC 2026

सुडान । सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् ।

अस्पतालका एक स्वास्थ्य स्रोतका अनुसार मंगलबार साँझ तीनवटा आवासीय घरमा ड्रोन प्रहार गरिएको थियो । यद्यपि, युद्धसम्बन्धी हिंसाका घटना अभिलेख राख्ने संस्था ‘इमर्जेन्सी लयर्स’ले मृतकको सङ्ख्या १९ पुगेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)