मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आठ क्रिकेट एकेडेमीबिच लिग

ratopati.com · Wed Nov 25 18:24:33 UTC 2026

रुपन्देही । रुपन्देहीमा युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले पहिलोपटक एकेडेमी क्रिकेट लिग–२०८३ आयोजना हुने भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बिहीबारदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका आठ क्रिकेट एकेडेमीका खेलाडी सहभागी हुने भएका छन् ।

प्रतियोगिताबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष हरिबहादुर थापाले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव आदानप्रदान गर्न नयाँ ढाँचामा लिग आयोजना गर्न लागिएको बताए । उनले एकेडेमीमा आबद्ध खेलाडीको क्षमता पहिचान र प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)