मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थुनिएका सुकुमबासीको आठमहिने कहर, शुक्रबार २ बजेसम्म उठिबासको सूचना

ratopati.com · Thu Nov 26 14:45:00 UTC 2026

काठमाडौँ । मंसिरको चिसो रात । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरको अस्थायी बासमा रहेकी ग्रिवानिका थापा बिहान ४ बजेसम्म निदाउन सकिरहेकी छैनन् । मंसिर ११ गते शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत निकायले सूचना टाँसेपछि उनको मनमा एउटै प्रश्न घुमिरहेको छ– ‘भोलि कहाँ जाने होला ?’

८ महिनाअघि थापाथलीस्थित सुकुमबासी बस्तीबाट उठाउँदा सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने आश्वासन दिएको थियो । होल्डिङ सेन्टरमा ओत लागेका परिवार अहिले फेरि अनिश्चितताको डिलमा उभिएका छन् । मंसिर १२ गते उनीहरू विस्थापित भएको ठीक ८ महिना पुग्दैछ । ‘१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने’ सरकारको आश्वासन मंसिरको जाडोसँगै बिलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)