मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वर्गीय सुरेश हमालको सपना पछ्याउँदै धनगढीमा सातौँ खप्तड गोल्डकपको तयारी

nepalpress.com · Thu Nov 26 15:42:19 UTC 2026

कैलाली । सुदूरपश्चिमको फुटबल विकास र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा हुने भएको छ ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले बिहीबार पत्रकार भेटघाटमार्फत प्रतियोगिताको तीब्र तयारी भइरहेको जनाएको छ । ‘प्रतियोगिता पुस २१ देखि माघ १ गतेसम्म धनगढी रङ्गशालामा आयोजना हुने छ’, क्लबका महासचिव प्रकाश शाहीले भने, ;प्रतियोगिताले फुटबलको विकास र विस्तारमा टेवा पुर्‍याउने छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)