साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको *मृ*त्यु
canadanepal.com · Thu Nov 26 17:13:56 UTC 2026

काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको दुःखद निधन भएको तथा अन्य तीन जना नेपाली घाइते भएको घटनाप्रति परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। विज्ञप्तिअनुसार आक्रमणमा घाइते भएका तीन जना नेपालीमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको हाल अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)