मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संगठनभित्र हुने निरीक्षणलाई परिणाममुखी बनाउन सशस्त्र महानिरीक्षक पौडेलको निर्देशन

gorkhapatraonline.com · Thu Nov 26 17:10:25 UTC 2026

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनभित्र हुने निरीक्षणलगायतका गतिविधिहरूलाई औपचारिकतामा सीमित नराखी कार्यसम्पादनको वास्तविक नतिजा र व्यावसायिक क्षमताको मूल्याङ्कन गर्ने माध्यम बनाउन निर्देशन दिनुभएको छ ।

उहाँले इकाई निरीक्षणका क्रममा संगठनको आन्तरिक व्यवस्थापन र अनुशासनसँगै सीमा सुरक्षाको प्रभावकारिता, कार्यक्षेत्रमा हासिल भएका उपलब्धि र नागरिकस्तरमा सशस्त्र प्रहरीले आर्जन गरेको जनविश्वासलाई समेत मूल्याङ्कनको आधार बनाउनुपर्ने बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)