पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
barnanmedia.com · Thu Nov 26 21:15:01 UTC 2026

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा हुने वार्षिक पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार कडा रूपमा नियन्त्रित टेलिभिजन कार्यक्रममा उहाँले सर्वसाधारण र सञ्चारमाध्यमका प्रश्नको जवाफ दिनुहुनेछ ।
युक्रेनविरुद्ध रुसले युद्ध सुरु गरेको पाँचौँ वर्षगाँठ नजिकिँदै गर्दा पुटिनको यो सम्बोधन हुन लागेको हो । युद्ध अन्त्य गर्न मस्कोले पटकपटक युद्धविरामका प्रस्ताव अस्वीकार गर्दै आएको छ । यसैबीच युद्धमा ठूलो सङ्ख्यामा रुसी सैनिकको ज्यान गएको र त्यसको आर्थिक भार सर्वसाधारणले पनि बेहोर्नुपरेको विश्वास गरिएको छ । सरकारले युद्धप्रति असहमति जनाउनेहरूलाई भने दबाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)