बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा
barnanmedia.com · Thu Nov 26 22:36:50 UTC 2026

बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतको प्रायोजित विद्यार्थी भिसा अस्वीकृति दर बढेर ६.४ प्रतिशत पुगेको बेलायतको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।
मन्त्रालयको तथ्यांक विश्लेषणअनुसार यो सन् २०१५ सेप्टेम्बरयताकै उच्च अस्वीकृति दर हो । एक वर्षअघि यस्तो दर ३.१ प्रतिशत मात्र थियो । सन् २०२५ डिसेम्बरमा ३.८ प्रतिशत रहेको अस्वीकृति दर सन् २०२६ मार्चमा ४.४ र जुनमा ४.९ प्रतिशत पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)