विश्वभर बर्सेनि एक करोड बढी बालिकाको १८ वर्ष नपुग्दै विवाह !
baahrakhari.com · Fri Nov 27 01:51:00 UTC 2026

काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ ।
बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रसंघले यस्तो आह्वान गरेको हो । संयुक्त राष्ट्रसंघको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यस वर्ष पहिलोपटक यो दिवस मनाइँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)