मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

clickmandu.com · Fri Nov 27 01:41:10 UTC 2026

काठमाडौं । अन्तरराष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुटेको छ । यससँगै विशेषगरी भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय उडानको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ र ७ गते सम्पन्न भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तरराष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको हो । दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)