मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

२ हजार ८०० माइल उडेर मेक्सिको पुग्ने ‘सुपर जेनेरेसन’ पुतली !

lokaantar.com · Fri Nov 27 01:51:38 UTC 2026

प्रत्येक वर्ष उत्तरपूर्वी अमेरिका र दक्षिणपूर्वी क्यानडाबाट लाखौँ मोनाच पुतलीहरू १ हजार २०० देखि २ हजार ८०० माइलको यात्रा तय गर्दै नोभेम्बरदेखि मार्चसम्म शीतनिद्रा (हाइबरनेसन) का लागि मेक्सिकोका पहाडमा पुग्छन्। यो चक्र चार–पाँच पुस्तामा पूरा हुन्छ।

सामान्य पुतलीको आयु करिब एक महिना मात्र भए पनि ग्रीष्म ऋतुको अन्त्यतिर जन्मिने ‘सुपर जेनेरेसन’ पुतली करिब आठ महिनासम्म बाँच्छन्। यिनै पुतलीहरूले सूर्य र आन्तरिक चुम्बकीय दिशासूचकको मद्दतले आफ्ना पुर्खाहरूले छोडेको मेक्सिकोको उही जङ्गलसम्मको लामो यात्रा तय गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)