बेवारिसे अवस्थामा भेटिएकी महिलाको उद्धार
gorkhapatraonline.com · Fri Nov 27 02:36:04 UTC 2026

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, उपहार नगर टोलमा बेवारिसे तथा अस्वस्थ अवस्थामा भेटिएकी एक महिलाको उद्धार गरी सुरक्षित आश्रयका लागि मानवसेवा आश्रम, रुपन्देही पठाइएको छ ।
बर्दघाट–४ का वडा सदस्य जनक रावलका अनुसार अन्दाजी ४५ वर्षीया ती महिलाले आफ्नो नाम जेबिरा खातुन बताउनुभएको छ । अभिभावकविहीन अवस्थामा रहेकी र मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने देखिएपछि उहाँलाई आवश्यक संरक्षण, स्याहारसुसार तथा उपचारका लागि आश्रम पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)