मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ चालक ट्राफिक कारबाहीमा

ratopati.com · Fri Nov 27 02:44:27 UTC 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा ती चालकहरूलाई कारबाही गरिएको हो।

कार्यालयले सार्वजनिक गरेको दैनिक ट्राफिक कारबाही विवरणअनुसार तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाउने ११७ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)