साउदीमा भएको हवाई आक्रमणमा घाइते एक नेपाली कामदारको मृत्यु
corporatenepal.com · Fri Nov 27 05:09:12 UTC 2026

काठमाडौं । साउदीमा भएको एक हवाई आक्रमणमा परी एक नेपालीको ज्यान गएको छ । मंगलबार भएको सो घटनामा घाइते भएका नेपाली कामदारको उपचारको क्रममा ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आक्रमणमा ती व्यक्तिसहित केही नेपाली घाइते भएका छन् भने मृतकको शरीरको करिब दुईतिहाइ भाग जलेको बताइएको छ । मन्त्रालयले मृतकको नाम भने खुलाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)