मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुर–अयोध्या खुल्यो रेलको टिकट

gorkhapatraonline.com · Fri Nov 27 05:27:12 UTC 2026

भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको सरयू–कमला एक्सप्रेस यही मङ्सिर १२ गते शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालन हुने भएको छ । यसका लागि बिहीबारदेखि जनकपुरधाममा टिकट काट्न सुरु गरिएको छ ।

नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सातामा एक दिन नेपालको जनकपुरधामबाट भारत उत्तर प्रदेशको अयोध्याधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेलका सन्दर्भमा दुवै पक्षबिच सम्पूर्ण तयारी पूरा भएको छ । रेल सञ्चालनका लागि रेलको समय तालिकादेखि भाडादर निर्धारणलगायतका काम पूरा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर १२ गते शनिबार नेपाली समय अनुसार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि सरयू–कमला एक्सप्रेस रेल प्रस्थान हुने छ । रेल भारतको जयनगर, मधुवनी, सिसो, सितामढी, रक्सौल, नरकटियागन्ज, पनियाहवा, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाममा विश्राम लिँदै आइतबार भारतीय समय अनुसार ८ बजेर १० मिनेटमा अयोध्या क्यान्टमा पुग्ने छ । सोही रेल सोमबार अयोध्या क्यान्टबाट भारतीय समय अनुसार साँझ ५ बजेर ५० मिनेटमा जनकपुरधामका लागि प्रस्थान गरी मङ्गलबार ११ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)