सुत्केरी बेथाले च्यापेकी महिलाको उद्धार
annapurnapost.com · Mon Jun 01 05:20:30 GMT 2026

गोरखा : हिमालपारि चुम्चेतमा खटिएका प्रहरीले सुत्केरी बेथाले च्यापेकी एक महिलालाई डोलीमा बोकेर उद्धार गरेका छन् ।
लामो समयदेखि बेथाले च्यापेको तर सुत्केरी हुन नसकेर थला परेकी चुमनुब्री ६ रिप्चेतकी पेमा लामालाई अस्थायी प्रहरी चौकी चुम्चेतमा कार्यरत प्रहरीले डोलीमा बोकेर बर्थिङ सेण्टर पुर्याएका हुन् । गुणस्तरीय स्वास्थ्य सेवा पनि नभएको र यातायात सेवाबाट बञ्चित रहेको रिप्चेतकी २५ बर्षीय पेमालाई प्रहरीले स्थानीय युवा तथा स्वास्थ्यकर्मीसंग समन्वय गरी डेढघण्टाको बाटो पर रहेको बर्थिङ सेण्टर पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)