ट्याटुले पहिचान खुल्यो बोराभित्र फेला परेको युवतीको शव
barnanmedia.com · Mon Jun 01 05:23:50 GMT 2026

काठमाडौं- झापाको गौरादह नगरपालिका र दमकको सिमानास्थित रतुवा खोलाको पुलमुनि केही दिन अघि बोरामा प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शवको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक युवती दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएकाे छ । प्रहरीले शवको पहिचान खुलाउन मृतकको बाँया हातमा रहेको ट्याटुको तस्वीरसहितको विवरण सार्वजनिक गर्दै सहयोगको अपिल गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)