मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

सञ्चारका संरचनात्मक जटिलता

gorkhapatraonline.com · Sat Nov 28 02:37:01 UTC 2026

लोकतन्त्रमा राज्य र नागरिकबिचको सम्बन्ध अत्यन्त प्रगाढ हुनु पर्छ । यी दुई पक्षबिचको आपसी सम्बन्धले मुलुकको लोकतान्त्रिक सबलता निर्धारण गर्छ । राज्य र नागरिकबिचको सम्बन्ध केवल संविधान, प्रशासनिक संरचना, सेवा प्रवाह, निर्वाचन, कर, विकासनिर्माण वा कानुनको कार्यान्वयनबाट मात्र निर्मित हुँदैन । राज्यले नागरिकलाई के र कसरी भन्छ, कुन सूचना सार्वजनिक गर्छ वा लुकाउँछ, आफ्ना निर्णयको औचित्य कसरी स्पष्ट गर्छ भन्ने कुराले संस्थागत विश्वासको आधार तयार गर्छ । राज्यसत्ता र आमनागरिक परस्पर अविच्छिन्न तथा महत्वपूर्ण राजनीतिक पात्र हुन् । यी दुईबिच हुने सन्देशको आदानप्रदान नै राजनीतिक सञ्चार हो, जसमा मिडियाले प्रभावशाली मध्यस्थकर्ता तथा राजनीतिक पात्रका रूपमा भूमिका निर्वाह गर्छ । नेपालको राजनीतिक सञ्चारले विशिष्ट ऐतिहासिक यात्रा तय गरेको छ । राज्य नियन्त्रित रेखीय सञ्चारबाट बहुलवादी मिडिया संरचनासम्म, औपचारिक समाचार माध्यमबाट अन्तर्क्रियात्मक डिजिटल सञ्चारसम्म र सूचना नियन्त्रणबाट सूचना–अति प्रवाहसम्मको विकासक्रमले राजनीतिक सञ्चारलाई झन् जटिल बनाएको छ । सञ्चार माध्यमको विस्तार र नागरिक विश्वासको अभिवृद्धि एउटै प्रक्रिया होइन, कतिपय अवस्थामा सञ्चार माध्यमको तीव्र विस्तारले राज्यको असङ्गति, दल तथा नेताहरूको दोहोरो चरित्र र संस्थागत कमजोरीलाई झनै उजागर गरेको छ ।

राज्य नियन्त्रित सञ्चार

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)