पाकिस्तान महिला क्रिकेटरको केन्द्रीय सम्झौतामा ठुलो कटौती, आठ खेलाडी मात्र कायम
ratopati.com · Sat Nov 28 02:43:38 UTC 2026
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले महिला क्रिकेटरहरूको केन्द्रीय सम्झौतामा ठुलो कटौती गर्दै सम्झौता संख्या २० बाट घटाएर आठमा सीमित गरेको छ । बोर्डले शीर्ष श्रेणीमा कप्तान फातिमा सना तथा स्पिनर सादिया इकबाललाई कायमै राखेको हो।
सिद्रा अमिन, मुनिबा अली र नासरा सन्धुलाई ‘बी’ श्रेणीमा राखिएको छ भने आयशा जफर, गुल फिरोजा र सदाफ शमास ‘सी’ श्रेणीमा परेका छन्। गत वर्ष सम्झौता गुमाएकी जफर यस पटक सम्झौता पाउने एक्ली खेलाडी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)