मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

kendrabindu.com · Sat Nov 28 02:43:39 UTC 2026

काठमाडौं । म्यानचेस्टर युनाइटेडले कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप गर्दै सन् २०२८ जुनसम्म लम्ब्याएको छ । क्लबले सम्झौतामा रहेको एक वर्ष थप गर्न सक्ने विकल्प प्रयोग गरेपछि पोर्चुगिज मिडफिल्डरको सम्झौता लम्बिएको हो ।

भविष्यमा नयाँ सम्झौताबारे छलफल गर्ने बाटो पनि खुला राखिएको युनाइटेडले जनाएको छ । यसैबीच, भाइरल संक्रमणका कारण फर्नान्डेजले आज राति प्रमियर लिगमा ब्रेन्टफोर्डविरुद्धको खेल गुमाउने सम्भावना छ । उनले शुक्रबारको प्रशिक्षणसमेत गुमाएका थिए । ३२ वर्षीय फर्नान्डेजले बुधबार स्पोर्टिङविरुद्ध च्याम्पियन्स लिगमा भएको २–२ को बराबरीमा दुवै गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)