मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खोड्पेको लेकमा उन्नत जातका बाख्रा

gorkhapatraonline.com · Sun Nov 29 02:29:17 UTC 2026

बैतडी, मङ्सिर १३ गते । बैतडीको पाटन नगरपालिका–८, खोड्पेका मोहन विष्ट अहिले स्थानीयस्तरमा सफल व्यावसायिक बाख्रापालक कृषकका रूपमा स्थापित हुनुभएको छ । व्यावसायिक बाख्रापालनमा लागेका विष्टले खोड्पेको लेकमा उन्नत जातका बाख्रा पालेर मासिक ५० हजार रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

कुनै समय खोड्पेबजारमा सौर्य ऊर्जा र बिजुलीका सामानको पसल सञ्चालन गर्दै आएका विष्टको व्यापार कोरोना महामारीपछि शिथिल बन्यो । विष्टको चाहना व्यापार व्यवसाय गर्ने थियो । कोरोनापछि उहाँका धेरै साथीभाइ रोजगारीका लागि विदेशतिर पलायन भए पनि विष्ट भने खोड्पेको लेकमा बाख्रा चराउँदै रमाइरहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)