मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतको पेन्सन विभागमा साइबर आक्रमण

kendrabindu.com · Sun Nov 29 02:35:48 UTC 2026

काठमाडौं । बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी विभाग डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनमाथि ठूलो साइबर आक्रमण भएको छ । विभागले शनिबार यसको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली बन्द गर्न बाध्य पार्ने घटना नियोजित साइबर आक्रमण भएको जनाएको छ ।

डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनले सेवानिवृत्त नागरिक र सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन तथा विभिन्न सरकारी सुविधा वितरण गर्छ । आक्रमणमा संलग्न व्यक्ति वा समूहको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)