मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिलको शानदार जित, भिनिसियस जुनियरको दुई गोलले स्कटल्याण्ड विश्वकपबाट बाहिरिने संघारमा

kalakarmi.com · Thu Jun 25 00:58:32 GMT 2026

मियामी- मियामीमा मा गए राति सम्पन्न फिफा विश्वकप २०२६ मा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थान सुरक्षित गरेको छ । स्टार विंगर Vinicius Junior ले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले भने यो हारसँगै स्कटल्याण्डको विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना निकै कमजोर बनेको छ ।

खेलको सुरुआतदेखि नै स्कटल्याण्डले गरेको गल्तीको ब्राजिलले पूरा फाइदा उठायो । खेलको सातौं मिनेटमै स्कट म्याककेनाको क्लियरेन्स अवरुद्ध भएपछि बल भिनिसियसको खुट्टामा पुग्यो । उनले गोलकिपर एङ्गस गनलाई छल्दै सहज गोल गरे र ब्राजिललाई अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय