असार मसान्तसम्म ६१.६२ प्रतिशत धान रोपाइँ सकियो
nepalpress.com · Thu Jul 16 10:49:34 GMT 2026

काठमाडौं । असार मसान्तसम्म देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७.८ प्रतिशत रोपाइँ सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत मात्रै रोपाइँ भएको छ।
कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार चालु वर्ष देशभर १३ लाख ६६ हजार ५६५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ। तीमध्ये ८ लाख ४२ हजार ६८ हेक्टर क्षेत्रफलमा असार मसान्तसम्म धान रोपाइँ सम्पन्न भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)