मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुला घटना : कूटनीतिक पहलमा आलटाल

ekantipur.com · Wed Sep 01 01:06:21 GMT 2021

काठमाडौँ — भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानबिन र दोषीलाई कारबाही गराउन सरकारले कुनै कूटनीतिक पहल गरेको छैन । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले घटनाको एक महिना बित्दा पनि कूटनीतिक नोट पठाउन चासो दिएका छैनन् ।

परराष्ट्रले न नेपालमा रहेका भारतीय राजदूतलाई बोलाएर घटनाबारे बुझेको छ न त नयाँदिल्लीमा रहेका नेपाली राजदूतले त्यहाँको विदेश मन्त्रालयमै कुरा राखेका छन् । सीमा नदीमा भएको अमानवीय घटनालगत्तै बुझ्न दार्चुला जिल्ला प्रशासनले सीमापारिको समकक्ष प्रशासनलाई पत्र पठाएको थियो । एसएसबीको संलग्नता ठाडै अस्वीकार गर्दै भारतीय प्रशासनले अनुसन्धानमा समेत असहयोग गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)