औषधिमा अचाक्ली गर्नेलाई रोक
annapurnapost.com · Thu Sep 17 00:13:06 GMT 2026

वालेन्द्र शाह नेतृत्वमा सरकार गठनलगत्तै सय बुँदे कार्यसूची सार्वजनिक भएको थियो। त्यसको बुँदा नम्बर ८५ स्वास्थ्य क्षेत्रको सुधारका कार्ययोजना थिए। त्यसमध्ये एउटा महत्वपूर्ण मुद्दा भनेको सुलभ औषधि पसलसम्बन्धी व्यवस्था हो। कार्यसूचीमा अस्पतालहरूको आफ्नै सुलभ औषधि पसल हुने भन्ने थियो। त्यसअनुसार संघ सरकारले पहल कदमी लिएकै छ। तर वर्ष दिनअघिदेखि नै सुलभ औषधि पसल चलाइएको थियो, रूपन्देहीको तिलोत्तमा। त्यहाँको मणिग्राममा चलाइएको सुलभ औषधि पसल तिलोत्तमा नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा छनोट भएको संस्थालाई चलाउन दिएको छ।
बुट्स मेडिको भन्ने संस्थाले २५ प्रतिशतभन्दा बढी छुटमा औषधि बेचिरहेको छ। बिरामी खुसी छन्। बेखुसीचाहिँ नाफाखोर व्यवसायी भएका छन् र त्यो पसललाई अवरोध पुर्याइरहेका छन्, थोक आपूर्तिकर्ता र वितरकहरूले। निजी औषधि पसलका सञ्चालकहरूको संस्थाले सफेद झुट बोल्न लाज पचाएको छ र भनेको छ, नाफाका लागि त्यो पसल चलेको छ, चलाउन पाइन्न।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)