भोजपुरको पर्यटकीयस्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै
shilapatra.com · Thu Jun 25 01:09:00 GMT 2026

भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ । ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले संरक्षण अभियान अघि बढाएको हो ।
स्थानीयस्तरमा आकर्षक प्राकृतिक पोखरीका रूपमा रहेको ठूलो आहाल क्षेत्र पर्यटकका लागि सम्भावनायुक्त स्थल मानिन्छ । हरियाली वन क्षेत्रले घेरिएको यो स्थान शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सरोज गुरागाईं