सहकारी र गोर्खा मिडियाबाट ९ करोड बुझेका रास्वपा सहमहामन्त्री आचार्यको बयान, ‘मलाई थाहा छैन’
ekantipur.com · Sun Aug 18 23:54:35 UTC 2024

काठमाडौँ — पोखराको सूर्यदर्शन र रूपन्देहीको सुप्रिम सहकारीबाट ३ करोड ३१ लाख र गोर्खा मिडिया नेटवर्क प्रालिबाट ५ करोड ३५ लाख रुपैयाँ लिएका रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले संसदीय छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् । आफूले गोर्खा मिडिया मात्र चिनेको तर सहकारी संस्था नचिन्ने दाबी आचार्यले गरेका छन् ।
जबकि दुवै सहकारीबाट उनका नाममा रकम निकासा भएको प्रतिवेदन अदालतसमेत पुगिसकेको छ । यस्तै बचत अपचलनमा जोडिएका रास्वपा सभापति रवि लामिछानेले पनि सार्वजनिक रूपमा यस्तै दाबी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)