जलवायु उत्थानशीलताका लागि ‘स्थानीय जलवायु कोष’ स्थापना
annapurnapost.com · Thu Sep 17 00:21:29 GMT 2026

काठमाडौं : मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित दुईदिने ‘राष्ट्रिय घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ बुधबार ४९ बुँदे ‘जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३’ जारी गर्दै सकिएको छ। सम्मेलनले स्थानीय तहमा जलवायुजन्य जोखिम, आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न ‘स्थानीय जलवायु कोष’ स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
मुस्ताङको जोमसोमस्थित कभर्ड हलमा आयोजित दुईदिने सम्मेलनको अन्तिम दिन पवित्र कालीगण्डकी नदीको तट र नीलगिरि हिमालको काखबाट घोषणापत्र जारी गरिएको हो। घोषणापत्रमा जलवायु जोखिमलाई हरेक स्थानीय तहको आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम, बजेट, पूर्वाधार विकास, भू–उपयोग, कृषि, पर्यटन र स्वास्थ्यलगायतका योजनामा मूलप्रवाहीकरण गर्ने प्रतिबद्धता छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)