अन्तिम खेल दुवै टोलीका लागि निर्णायक
nagariknews.nagariknetwork.com · Thu Jun 25 01:14:42 GMT 2026
समूहको अन्तिम तथा तेस्रो खेलमा एसियाली राष्ट्र दक्षिण कोरिया बुधबार एस्टाडियो मोन्टेरेयमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै छ।
यही समय (बिहान) मा समूहको अर्को खेलमा चेकिया र मेक्सिकोबिच प्रतिस्पर्धा हुने तय छ। समूहचरणको अन्तिम खेल भएकाले दुवै टोलीका लागि यो निर्णायक क्षण बन्नेछ। दक्षिण कोरिया नकआउट चरणको ढोकानजिक उभिएको छ।मेक्सिकोसँगको हेड टु हेड नतिजाका कारण समूहविजेता बन्ने सम्भावना समाप्त भए पनि दोस्रो स्थान सुरक्षित गर्ने सम्भावना बलियो छ। दक्षिण कोरियालाई समूह उपविजेता बन्ने सम्भावना ८० प्रतिशत देखाएको छ। त्यसले एसियाली समर्थकलाई उत्साहित पनि बनाएको छ। यस समूहको उपविजेताले अन्तिम ३२ मा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ। उक्त वरीयताका लागि जहाँ सहआयोजक क्यानडा, स्विट्जरल्यान्ड, कतार र बोस्निया हर्जेगोभिना प्रतिस्पर्धामा छन्। दक्षिण कोरियाका लागि समीकरण स्पष्ट छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)