मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई पटकको अग्रता जोगाउन नसक्दा हाइटी पराजित, मोरक्कोको शानदार पुनरागमनसँगै ४–२ को जित

kalakarmi.com · Thu Jun 25 01:20:45 GMT 2026

काठमाडौं- प्रतियोगितामा जितविहीन बनेको हाइटीले दुई पटक अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा मोरक्कोसँग ४–२ को हार बेहोरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हाइटीले सुरुआती समयमै अग्रता बनाए पनि मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो ।

खेलको १०औं मिनेटमा हाइटीले आत्मघाती गोलको सहयोगमा अग्रता लिएको थियो । मोरक्कोका खेलाडीबाट भएको गल्तीका कारण बल आफ्नै पोस्टमा पुगेपछि हाइटीले १–० को अग्रता बनाएको हो। सुरुआती अग्रतापछि हाइटीले केही समय खेलमा नियन्त्रण कायम राखे पनि मोरक्कोले लगातार दबाब सिर्जना गरिरह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)