ट्राफिक प्रहरीलाई नयाँ निर्देशन: ‘ड्युटी’को समयमा सेवाग्राहीसँग हात नमिलाउनू
clickmandu.com · Thu Jun 25 01:21:07 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’ (काम) को समयमा सेवाग्राहीसहित अन्य व्यक्तिलाई नमस्ते गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ । सवारी चालकसहित अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनु नमस्तै भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो ।
उपत्यकामा रहेका ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग, पोष्टलगायत सबैलाई निर्देशनसहितको सर्कुलर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘सेवाग्राहीसँग हात मिलाउनुभन्दा पनि नमस्ते गर्नु राम्रो मानिन्छ । सोही अनुसार हामीले मातहतका निकायहरुलाई ड्युटीको समयमा नमस्ते गर्नु होला भनेर सर्कुलर जारी गरेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ