कर्णाली प्रदेशसभाले ९ वर्षमा निर्माण गर्यो ७५ वटा कानुन
kendrabindu.com · Thu Sep 17 00:31:09 GMT 2026

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभा गठन भएको ९ वर्ष पूरा भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको पहिलो बैठक २०७४ माघ २१ गते बसेको थियो । ९ वर्षको यस अवधिमा प्रदेशसभाले ७५ वटा कानुन निर्माण गरेको छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका कानुनको संख्या ७५ पुगेको सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
पहिलो कार्यकाल (२०७४ देखि २०७९ सम्म) मा ५३ वटा विधेयक प्रमाणीकरण भएका छन् । दोस्रो कार्यकाल (२०७९ देखि हालसम्म) सुरु भएपछि २०८३ असार मसान्तसम्म थप २२ वटा विधेयक प्रमाणीकरण भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)