कृष्णभीरमा आजदेखि सवारीसाधन दुवैतर्फी सञ्चालन
annapurnapost.com · Thu Sep 17 00:26:14 GMT 2026

धादिङ : भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै बिहीबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० र १४ गते आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको आवागमन अवरुद्ध भएको थियो। सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)