बजेट महत्वाकांक्षी छ, कार्यान्वयनमा चुनौती देखिन्छ : महासंघ उपाध्यक्ष श्रेष्ठ
clickmandu.com · Mon Jun 01 05:50:18 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी रहेको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफलमा बोल्दै उनले स्रोत व्यवस्थापनको चुनौतीपूर्ण रहेको बताए ।
उपाध्यक्ष श्रेष्ठले पुँजीगत खर्च केवल २० प्रतिशतमा सीमित रहेको अवस्थामा ६ खर्बभन्दा बढीको वित्तीय घाटासहित बजेट आउनु चुनौतीपूर्ण रहेको बताए । स्रोत व्यवस्थापन चुनौतिपूर्ण पूँजीगत खर्च न्युन भएपनि बजेटले परम्परागत शैलीलाई त्यागेर रूपान्तरणकारी दिशा समात्न खोज्नु सकारात्मक भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
उद्योग वाणिज्य महासंघ
स्वर्णिम वाग्ले
काठमाडौँ