रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि मतदान
himalpress.com · Thu Jun 25 01:24:34 GMT 2026

चितवन- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान सुरु भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार राति साढे १२ बजेदेखि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो।
मतदान प्रक्रिया आज दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन कार्यतालिका यसअघि विभिन्न कारणले पटकपटक संशोधन गर्दै सारिएको थियो।
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि कुल ३८४ जनाले उम्मेदवारी दिएका छन्। महाधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)