ला लिगा : रेसिङमाथि बार्सिलोनाको सात गोल
kendrabindu.com · Thu Sep 17 00:37:47 GMT 2026
काठमाडौं । राफिन्हाको ह्याट्रिकको मदतले स्पेनी ला लिगाको शीर्ष रहेको बार्सिलोनाले बुधबार रेसिङ सान्टेन्डरलाई ७–२ ले पराजित गरेको छ । अर्को खेलमा एटलेटिको म्याड्रिडले ओसासुनालाई ४–० ले हरायो र अर्को साता रियल म्याड्रिडको सामना गर्न अगाडि लय समाट्न सफल रह्यो ।
क्याम्प नुमा भएको खेलमा राफिन्हाको तीन गोलसँगै जाओ क्यान्सेलो, ग्याब्रिएल जेसस र लामिन यामलले पनि गोल गरे । लयमा रहेका राफिन्हाले यस सिजन आफूले खेलेका सबै प्रतियोगिताका सात खेलमा ११ गोल गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)