विपी राजमार्गमा मध्य असारदेखि सवारीसाधान सञ्चालनमा ल्याइने
kendrabindu.com · Thu Jun 25 01:32:01 GMT 2026

काठमाडौं । बाढीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही–केही ठाउँमा बर्खाका लागि ठूला ढुंगा राखेर सडक तयार गरी सवारी सञ्चालन गर्न लागिएको हो।
अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ। बेलाबेला आउने बाढीले सवारी आवागमनमा समस्या हुने गरेको छ। बाढीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारीसाधन चलाउने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ