मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अब मौखिक अनुरोधमै रोक्का हुने

clickmandu.com · Thu Jun 25 01:31:41 GMT 2026

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको छ ।

अबदेखि कुनै पनि कसुरको अनुसन्धान गर्ने निकाय वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक वा लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाताहरू अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्नुपर्ने व्यवस्था गरेको हो ।

यसका लागि बैंकहरूले २४ सै घण्टा (२४/७) कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ। साथै, बैंकहरूले आफ्नो वेबसाइटमा यस्तो कामका लागि एउटा छुट्टै ‘डेडिकेटेड कन्ट्याक्ट नम्बर’ समेत राख्नुपर्नेछ।

यसअघि नै बैंक खाता रोक्का गर्ने प्रक्रिया डिजिटल बनाएको केन्द्रीय बैंकले साइवर अपराध बढ्दै जाँदा अनुसन्धान प्रभावकारी बनाउन अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा तत्काल बैंक खाता रोक्का हुने व्यवस्था गरेको हो । बैंकहरूले पनि २४ सै घण्टा उक्त सेवाकाे लागि जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएको छ ।

यसअघि नबे बैंकहरूले खाता रोक्का वा फुकुवाका लागि चिठीपत्र वा फ्याक्सको भर पर्नुपर्ने व्यवस्था अन्त्य भइसकेको थियो ।

यसअघिनै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खाता रोक्का तथा फुकुवा सम्बन्धी सूचना वा निर्देशन राष्ट्र बैंकको आधिकारिक वेबसाइट (http://acstatus.nrb.org.np) मार्फत प्राप्त गर्नेसक्ने व्यवस्था गरेको थियो । बैंकहरूलाई उपलब्ध गराइएको युजर आईडी र पासपोर्ट प्रयोग गरी सोही वेबसाइटमा आएको निर्देशनलाई आधिकारिक मानी तत्काल कार्यान्वयन गर्नुपर्ने व्यवस्था थियो ।

यसरी खाता रोक्का वा फुकुवा गरिसकेपछि सोको जानकारी अनिवार्य रूपमा सुपरभाइजरी इन्फर्मेसन सिस्टम मार्फत राष्ट्र बैंकलाई गराउनुपर्ने व्यवस्था थियो ।

अब वित्तीय अपराध नियन्त्रणमा २४ घण्टा खटिनुपर्ने र बैंकहरूले अनुसन्धान लागि मौखिक निर्देशनमै बैंक खाता रोक्का गर्नुपर्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय