आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
nepalsamaya.com · Thu Sep 17 00:47:44 GMT 2026

काठमाडौं- आज विश्वकर्मा पूजा मनाइँदैछ। हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै आइएको छ। आज कालिगढले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन्।
त्यस्तै आज विश्वकर्माको मूर्ति बाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ। आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)