खोज तथा उद्धार जारी
gorkhapatraonline.com · Thu Sep 17 00:46:53 GMT 2026

भोटेकोशी बाढीपछि रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ता भएकाको खोजीमा खटिएको संयुक्त उद्धार टोलीले बुधबार चार वटा शव र एक मानवअङ्ग फेला पारेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनाको सुरुङको ब्रेकथ्रु गरी अन्तिम किनारसम्म खोजी गर्ने क्रममा शव तथा मानवअङ्ग फेला परेको नेपाली सेनाले जनाएको छ । यसअघि भदौ १५ गते पनि उक्त सुरुङमा एक शव र एक मानवअङ्ग फेला परेको थियो । बुधबार गोताखोरसहितको टोली प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ । फेला परेका शव र मानवअङ्ग सेनाको हेलिकोप्टरबाट नुवाकोटको त्रिशूली ल्याइएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)