मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा शक्तिशाली भूकम्प, ठुलो क्षतिको आशङ्का

gorkhapatraonline.com · Thu Jun 25 01:36:49 GMT 2026

भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरूमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ।

रोयटर्सका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ।अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको छ। यद्यपि समाचार तयार पार्दासम्म मृतक तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)