तीन महानगरले ल्याए साढे पन्ध्र अर्बको बजेट
gorkhapatraonline.com · Thu Jun 25 01:35:51 GMT 2026

स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आआफ्नो नगर सभामा नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने व्यवस्था अनुसार छ वटै महानगरपालिकाले बजेट सभामा पेस गरेका छन् । काठमाडौँ, भरतपुर, पोखरा महानगरपालिकाले यसअगाडि नै बजेट सभामा पेस गरिसकेका छन् भने बुधबार ललितपुर, वीरगन्ज र विराटनगर महानगरपालिकाले बजेट सभामा पेस गरेका छन् । तीन वटा महानगरले कुल बजेट १५ अर्ब ४७ करोड रुपियाँको बजेट पेस गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आवका लागि आआफ्नो गाउँ र नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेका छ । त्यस्तै सभामा पेस गरिएको बजेट असार मसान्तभित्र गाउँ र नगर सभाले पारित गर्नुपर्ने व्यवस्था उक्त ऐनमै उल्लेख छ । असार १० गतेभित्र सभामा बजेट पेस नगर्ने र असार मसान्तचित्र सभामा बजेट पारित नगर्ने स्थानीय तहले बजेट खर्च गर्न र राजस्व सङ्कलन गर्न पाउँदैनन् ।
छ वटै महानगरपालिकाले भने यसअगाडि नै सभामा आगामी आवका लागि नीति तथा कार्यक्रम सभामा पेस गरिसकेका छन् । उक्त नीति तथा कार्यक्रमका आधारमा ललितपुर, वीरगन्ज र विराटनगर महानगरपालिकाले बुधबार सभामा बजेट पेस गरेका महानगरपालिकाले जनाएका छन् ।
ललितपुरको बजेट सात अर्ब अठचालिस करोड
वीरगन्जको बजेट चार अर्ब बयालिस करोड
विराटनगरको बजेट ३ अर्ब ५६ करोड: शिक्षा, स्वास्थ्य र प्रविधिमा जोड
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)