समृद्ध मुलुक निर्माणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय छ : राष्ट्रपति
baahrakhari.com · Wed Dec 29 23:25:00 GMT 2021
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् ।
उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)